सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सुपर लिग अन्तर्गत धनगढी एफ सी का खेलहरू अब धनगढी रंगशालामै हुने

२०८३ जेठ ४, ०१:३९ खबर संवाददाता

धनगढी: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफ सी का खेलहरू अब धनगढी रंगशालामै हुने भएका छन्। यस समाचारले सुदूरपश्चिमका फुटबल प्रेमीहरूमा नयाँ उत्साह थपेको छ।

आगामी भदौ २० गतेदेखि नेपालकै इतिहासमा पहिलो पटक होम एण्ड अवे फरम्याटमा नेपाल सुपर लिग २०२६ आयोजना हुँदैछ। प्रतियोगितामा १० देखि १२ टोलीको सहभागिता रहनेछ भने लिग करिब चार महिनासम्म सञ्चालन हुनेछ।

नयाँ ढाँचाले नेपाली फुटबललाई अझ व्यावसायिक, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ। आफ्नै घरेलु मैदानमा टोलीलाई समर्थन गर्न पाउने अवसरले धनगढीका समर्थकहरू थप उत्साहित बनेका छन्।

फुटबलप्रेमी दर्शक र खेलाडीहरूका अनुसार होम एण्ड अवे प्रणालीले क्लब, खेलाडी र समर्थकबीचको सम्बन्ध अझ मजबुत बनाउनेछ। साथै, यसले देशभर फुटबल संस्कृतिको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।
 

कमेन्ट लोड गर्नुस