सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भरुवा बन्दुक बरामद

२०८३ जेठ ६, ०७:१३ खबर संवाददाता

बैतडीः बैतडीमा भरुवा बन्दुक बरामद गरिएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका–७ काफलीबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो। मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस