बाजुरामा एक जना महिला मृत फेला
२०८३ जेठ ६, ०८:३३
बाजुराः बाजुरामा एक जना महिला मृत फेला परेकी छिन्।
जिल्लाको जगन्नाथ गाउँपालिका–५ की ३५ वर्षीया लालचुला बुढा शाही मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बुढा शाही गत वैशाख २७ घरदेखि बेपत्ता रहेकी थिइन्। श्रीमान्सँग सामान्य झगडा भई घरबाट माइतीघर जान्छु भनेर गएकी बुढा शाही मंगलवार कर्णाली नदीको किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए।
कमेन्ट लोड गर्नुस