एकै दिनमा लागुऔषधसहित १७ जना पक्राउ
काठमाडौँ: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मङ्गलवार झापाबाट चार, सिरहा र कैलालीबाट तीन/तीन, मकवानपुर र ललितपुरबाट दुई/दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक/एक जना पक्राउ परेका छन्।
लागुऔषध ब्युरोको टोलीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको हो।