लाम्पाटा विवादमा बाजुराका चार स्थानीय तहको संयुक्त आपत्ति
धनगढीः बाजुराको लाम्पाटामा भएको विवाद तथा आक्रमण घटनाप्रति बाजुराका चार स्थानीय तहले संयुक्त रूपमा आपत्ति जनाएका छन्।
हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका ले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गरेका हुन्।
संयुक्त विज्ञप्तिमा विवादको शीघ्र समाधान गर्दै थप दुर्घटना हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उल्लेख छ।
विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समिति बाजुरा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को ध्यानाकर्षण गराइएको छ।