सुदूर नेपाललाई विश्वसँग जोड्दै

ह्वाइट हाउस बाहिर गोलीकाण्ड : सिक्रेट सर्विसको जवाफी कारबाहीमा बन्दुकधारी मारिए

२०८३ जेठ १०, ०२:३७ खबर संवाददाता

काठमाडौं: अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेपछि सुरक्षा क्षेत्रमा त्रास फैलिएको छ। गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय ‘सिक्रेट सर्विस’को जवाफी कारबाहीमा मारिएका छन्।

बीबीसीका अनुसार, स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा घटना भएको हो।

अमेरिकी सिक्रेट सर्विसले जारी गरेको विज्ञप्तिअनुसार, ती व्यक्तिले अचानक झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेका थिए। त्यसपछि ड्युटीमा रहेका सुरक्षा एजेन्टहरूले तत्काल जवाफी कारबाही गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका संदिग्धलाई अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

यसअघि एक महिनाअघि पनि ह्वाइट हाउसमा पत्रकारहरूका लागि आयोजित डिनर कार्यक्रममा गोली चलेको घटना सार्वजनिक भएको थियो। पछिल्ला घटनाले ह्वाइट हाउस आसपासको सुरक्षा संवेदनशीलता थप बढाएको छ।
 

कमेन्ट लोड गर्नुस