सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा भीषण विस्फोट, २४ जनाको मृत्यु

२०८३ जेठ १०, ०८:५८ खबर संवाददाता

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई लक्षित गरी आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। विस्फोट क्वेटा नजिक भएको हो।

अधिकारीहरूले जनाएअनुसार क्वेटाबाट पेशावर तर्फ जाँदै गरेको रेल चमन क्षेत्रको पटरी पार गरिरहेका बेला विस्फोटक पदार्थ बोकेको एउटा सवारीसाधन रेलको डिब्बासँग ठोक्किँदा ठूलो विस्फोट भएको थियो।

विस्फोटपछि रेलका झ्यालहरू फुटेका थिए भने नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

रेलमा सवार सैनिक कर्मचारीहरू आगामी मङ्गलबारदेखि सुरु हुने ईद बिदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए।

कमेन्ट लोड गर्नुस