सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा राजद्रोह तथा चन्दा मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ जेठ १२, ०७:०४ खबर संवाददाता

बझाङः राजद्रोह तथा चन्दा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बझाङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालतको २०७७ पुस १५ गतेको फैसलाले दोषी ठहर भएर फरार रहेका जयपृथ्वी नगरपालिका–१ कैलाशका ४० वर्षीय लक्ष्मण बहादुर सिंहलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी सहायक हवल्दार मोहन कुमार डाँगाको कमाण्डमा खटिएको टोलीले उनलाई सोमबार दिउँसो जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका सिंहमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

कमेन्ट लोड गर्नुस