सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेनजी आन्दोलनका क्रममा फरार दुई जना कञ्चनपुरबाट पक्राउ

२०८३ जेठ १२, ०२:०८ खबर संवाददाता

धनगढी: जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी हिरासतबाट फरार भएका दुई जनालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ।

प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासत कक्षबाट भागेका उनीहरूलाई प्रदेश प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी २१ वर्षीय अमृत रावल र २४ वर्षीय लोकेश कुँवर रहेका छन्।

प्रहरीका अनुसार फरार भएपछि उनीहरूको खोजी कार्य तीव्र बनाइएको थियो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस