शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट
२०८३ जेठ १५, ०५:२८
काठमाडौँः सरकारले शिक्षा क्षेत्रका लागि आगामी आर्थिक वर्षमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यो रकम भौतिक तथा शहरी विकास पूर्वाधार क्षेत्रमा विनियोजित बजेटभन्दा कम हो। सरकारले भौतिक तथा शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड रुपैयाँ बजेट छुट्याएको छ।
सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको तुलनामा बढी बजेट विनियोजन गरेको देखिन्छ।
कमेन्ट लोड गर्नुस