कर्तव्य ज्यान मुद्दामा फरार बझाङका एक जना पक्राउ
२०८३ जेठ १६, ०७:०५
बझाङः कर्तव्य ज्यान मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत बझाङको मिति २०७० माघ २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना १२ दिन कैद सजाय तोकिएको केदारस्यु गाउँपालिका–३ बस्ने ५५ वर्षीय बिर्ख खाती पक्राउ परेका हुन्। खातीलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस