सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चरेशसहित एक जना पक्राउ

२०८३ जेठ १७, ०७:२० खबर संवाददाता

दार्चुलाः दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन्।

दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गा बगरबाट ११ ग्राम लागूऔषध चरेशसहित मार्मा गाउँपालिका–४ घर भई हाल बाङ्गा बगर बस्ने ३१ वर्षीय सन्तोष बर्मा सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस