अपेनको तेस्रो महाधिवेशनबाट कृष्ण के. बोहरा अध्यक्ष निर्वाचित
काठमाडौँः एसोसियसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)को तेस्रो राष्ट्रिय महाधिवेशनबाट कृष्ण के. बोहरा अध्यक्ष पदमा निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष बोहरालाई विभिन्न प्रदेश, जिल्ला तथा नगर समितिका पदाधिकारी, सदस्य र शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, संस्थागत विद्यालयको हकहित संरक्षण र संगठन विस्तारमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनको आगामी कार्यदिशा पनि तय गरेको जनाएको छ।