कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपाली युवाको उद्धार, १९ जना पक्राउ
२०८३ जेठ १७, ०१:२६
काठमाडौँ: भारतको कुशीनगरमा आकर्षक जागिर र उच्च तलबको प्रलोभनमा पारेर गैरकानुनी नेटवर्किङ स्क्याममार्फत बन्धक बनाइएका ४५३ नेपाली युवाको उद्धार गरिएको छ।
नेपाली दूतावास, नेपाल र भारतीय सुरक्षा निकायको संयुक्त अभियानमार्फत उनीहरूलाई शनिबार सुरक्षित रूपमा नेपाल फर्काइएको हो।
उद्धार गरिएका युवामध्ये अधिकांश सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका रहेको जनाइएको छ। घटनामा संलग्न १९ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस