सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नगदसहित ९ जना जुवाडे पक्राउ

२०८३ जेठ १८, ०७:२२ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगाबाट ९ जुवाडे पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन।

पक्राउ पर्नेमा ४८ वर्षीय जगत धामी, स्थानीय २९ वर्षीय कृष्ण गुरुधामी, ३७ वर्षीय खेमराज पोखरेल, ३५ वर्षीय शंकर धामी, ३० वर्षीय गोपाल, गौरीगंगा–१ का ३४ वर्षीय प्रकाश भुल, चुरे गाउँपालिका–१ का ४४ वर्षीय जयबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ का ६६ वर्षीय तेजबहादुर बोगटी र बैतडीको पुर्चौंडी नगरपालिका–८ का ५० वर्षीय कालु सिंह धामी रहेका छन्।

पक्राउ परेकाहरुको साथबाट १ लाख ७९ हजार २०, तासका ४ गड्डी र ८ थान मोबाइल बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस