सुदूरपश्चिम विश्वविद्यालयमा चार संकायका लागि नयाँ डीन नियुक्त
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयमा विभिन्न संकायका लागि नयाँ डीन नियुक्त गरिएको छ। सोमबार विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डा. यज्ञराज पाठकले चार जना प्राध्यापकलाई डीन पदमा नियुक्त गरेका हुन्।
नियुक्त हुनेमध्ये प्राध्यापक डा. भवानी चन्द ठकुरीलाई विज्ञान तथा प्रविधि संकायको डीनको जिम्मेवारी दिइएको छ। त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक केशवराज भट्टलाई व्यवस्थापन संकायको डीनमा नियुक्त गरिएको छ।
मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा प्राध्यापक सुरेश सिंह भण्डारीलाई नियुक्त गरिएको छ भने शिक्षा शास्त्र संकायको डीनमा सहप्राध्यापक लाल सिंह कार्कीलाई जिम्मेवारी दिइएको छ।