टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु
धनगढीः अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा कैलालीको टिकापुर मा अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयअन्तर्गतको व्यवस्थापनमा सुरु भएको सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षसहित सातै प्रदेशका सभामुख र उपसभामुखहरूको सहभागिता रहेको छ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा सुरु भएको सम्मेलनको उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले गरेका छन्। सम्मेलन आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ।