सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस सुदूरपश्चिम संसदीय दलकाे प्रमुख सचेतकबाट धामीले दिए राजीनामा, खड्कालाई जिम्मेवारी

२०८३ जेठ २५, ०४:११ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री बनाउने भएपछि धामीले राजीनामा दिएका हुुन् ।

धामीको राजीनामापछि कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री शाहले सरस्वती खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । खड्का सामाजिक विकास राज्यमन्त्री छन् ।

सरकार पुुर्नगठनको तयारी गरेका शाहले कांग्रेसको असन्तुष्ट पक्षले नामको प्रतिक्षा गरिरहेका छन् । एमालेले नयाँ मन्त्री बनाउने चार जनाको नाम मुख्यमन्त्रीालाई टिपाइसकेको छ भने शाह स्वयंमले पनि टुंगो लगाएका छन् ।

कांग्रेसको असन्तुष्ट पक्षले प्रदेशमा नाम टुंगो लगाउन नसकेपछि केन्द्र पठाएको छ ।

कमेन्ट लोड गर्नुस