सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ, मन्त्रालयको जिम्मेवारी समेत बाँडफाँट

२०८३ जेठ २५, ०८:१२ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ।

नवनियुक्त मन्त्रीमध्ये बिक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री नियुक्त भएका छन्।

यस्तै, जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

काँग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नयाँ मन्त्री र राज्यमन्त्रीको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको असन्तुष्ट पक्षले समेत प्रतिनिधित्व पाएको छ।

मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारको कामकारबाहीले थप गति लिने अपेक्षा गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस