सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पेस्तोल र घरेलु हतियारसहित युवक पक्राउ

२०८३ जेठ २७, ०७:०९ खबर संवाददाता

धनगढीः धनगढीमा पेस्तोल र घरेलु हतियारसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–५ सत्कार चोकमा कोठा गरी बस्दै आएका भारतको लखिमपुर खिरीका २४ वर्षीय साहिल खानलाई प्रहरीले कटुवा पेस्तुलसहित पक्राउ गरेको हो।

मंगलबार राति वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा खानको कोठामा खानतलासी गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा कटुवा पेस्तोल एक थान, खुकुरी एक थान, फलामको रड एक थान, रेन्च एक थान, डिजिटल काटा एक थान र चाँदीजस्तो देखिने माला दुई थान, फलामको ‘टी’ एक थान र टर्चलाइट दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका हतियार तथा सामग्रीसहित खानलाई नियन्त्रणमा लिइएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस