कैलालीका १६९ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११–१२ छात्रवृत्ति
धनगढीः धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि प्रदान गरेको कक्षा ११–१२ छात्रवृत्तिअन्तर्गत कैलाली जिल्लाका १६९ जना विद्यार्थी छनोट भएका छन्। एसईई परीक्षाको नतिजाका आधारमा तयार गरिएको मेरिट सूचीअनुसार छनोट भएका विद्यार्थीले विभिन्न संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन्।
कैलालीबाट विज्ञान संकायतर्फ ९७, व्यवस्थापनतर्फ ५५, शिक्षातर्फ ३, कानूनतर्फ ४ तथा होटल म्यानेजमेन्टतर्फ १० जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएका छन्। सबैभन्दा बढी विद्यार्थी विज्ञान संकायमा रहेका छन्।
धनगढी उपमहानगरपालिकाले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस वर्ष विभिन्न जिल्लाबाट छनोट भएका ३५४ विद्यार्थीमध्ये सबैभन्दा बढी संख्या कैलालीका विद्यार्थीको रहेको छ।