रास्वपाको सुदूरपश्चिम प्रदेश सदस्यमा निता चन्द शाहीकाे उम्मेदवारी
धनगढीः धनगढीकी निता चन्द शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रदेश सदस्यमा उम्मेदवारी घाेषणा गरेकी छन्।
उनि लामो समयदेखि विभिन्न संघ–संस्थामा आबद्ध रहँदै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।
दुई पटक नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेकी शाहीले आगामी असार १ गते हुने राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश अधिवेशनमा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन्।
सामाजिक न्याय, समावेशी राजनीति र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै लामो अनुभवका आधारमा पार्टीभित्र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आफू उम्मेदवार बनेको शाहीले बताएकी छन्।