सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

२०८३ असार १, ०७:०५ खबर संवाददाता

बाजुराः बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

बडिमालिका नगरपालिका–१ सल्याना गाउँ बस्ने १४ वर्षीया भावना कार्कीको  आइतबार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले आइतबार राति मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस