सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा अज्ञात समूहद्वारा युवतीमाथि मध्यरात भान्छाकोठामै चक्कु प्रहार

२०८३ असार १, ०९:२१ खबर संवाददाता

बाजुराः बाजुरामा युुवतीमाथि भान्छाकोठामै चक्कु प्रहार गरिएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईमा अज्ञात समूहले ३६ वर्षीया ठुमरा बिष्टमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। बिष्टमाथि आइतबार राति करिब साढे १ बजे सुतिरहेको अवस्थामा २–३ जनाको अज्ञात समूहले उनलाई भान्साघरमा बोलाएर घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट प्रहरी निरीक्षक चन्द्रसिंह कठायतको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरी टोलीले घाइते बिष्टको उद्धार गरी कोल्टी आधारभूत अस्पताल पु¥याएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र खोजतलास तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस