सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेकी एक महिला छोरीसहित ५ दिनदेखि फरार,खोजिदिन श्रीमानको आग्रह

२०८३ असार ४, ०५:२८ खबर संवाददाता

धनगढीः कैलालीको चुरे गाउँपालिका वडा नं. ३ मस्सेबाट जेठ ३१ गतेदेखि दुई वर्षीया बालिका सहित एक महिला फरार भएकी छन्। 

२७ वर्षीया हेमन्ता सार्की आफ्नी दुई वर्षीया छोरी चेतन्या सार्कीसहित कैलारी गाउँपालिका वडा नं. ३ पवेरा स्थायी घर भएका सेम कुमार चौधरीले भगाएर लगेको पीडित महिलाका श्रीमान दिपक बहादुर सार्कीले जानकारी दिएका छन्।  

उनका अनुसार सेम कुमार चौधरीसहित आमा–छोरी हाल दाङको लामही नगरपालिका वडा नं. ५ बसपार्क नजिक फेला परेको तर त्यसपछि उनीहरू पुनः सम्पर्कविहीन भएका छन्। घटना भएको समयमा दिपक बहादुर सार्की रोजगारीका सिलसिलामा भारतमा रहेका थिए।

परिवारले आमा–छोरीको अवस्था अज्ञात रहेकाले गम्भीर चिन्ता व्यक्त गर्दै जो–कोहीले फेला पारेमा तुरुन्त जानकारी गरिदिन आग्रह गरेको छ। सूचना भएमा नजिकको प्रहरी वा सम्पर्क नम्बर ९८२२६७८८४० वा ९८६५६३३६०६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस