सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

२०८३ असार ७, ०७:४४ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर चौधरी पक्राउ परेका हुन्। चौधरीलाई शनिबार साँझ  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाबाट अवैध लागूऔषध खैरो हेरोइन ३२० मिलिग्रामसहित सोही ठाउँ बस्ने समिर नेपाली पक्राउ परेका छन्। नेपालीलाई शनिबार राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस