सुदूर नेपाललाई विश्वसँग जोड्दै

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

२०८३ असार ८, ०६:५५ खबर संवाददाता

सुर्खेत: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । पौडेललाई नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ । पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ परेका हुन । उनलाई पक्राउ गर्न भनी सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो ।
सोही आधारमा सुर्खेत प्रहरीले उनलाई पक्राउ गरेको हो ।


 

कमेन्ट लोड गर्नुस