सुदूर नेपाललाई विश्वसँग जोड्दै

ईभी चालकद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र, सञ्चालनमा रोक नलगाउन माग

२०८३ असार ११, १२:०७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा रोक लगाउने तयारी भएको भन्दै ईभी चालकहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी थालेका छन्।

बिहिवार  मुख्यमन्त्री कार्यालय धनगढीमा बुझाउन लागिएको  ज्ञापनपत्रमा हाल सञ्चालनमा रहेका ईभीहरूलाई एक्कासी बन्द गराउने निर्णय व्यवहारिक नहुने उल्लेख गरिएको छ। ज्ञापनपत्रमा केही वर्षअघि राज्यको नीतिअनुसार ईभी

खरिद गरी सञ्चालनमा ल्याइएकाले अहिले आएर ती सवारीसाधन मात्रै बन्द गर्नु न्यायोचित नहुने चालकहरूको भनाइ छ।

चालकहरूले विगत पाँच वर्षदेखि नियमित रूपमा ईभी सञ्चालन गर्दै आएको र अन्य प्रकारका सवारीसाधन भने यथावत् सञ्चालन भइरहेका अवस्थामा ईभीलाई मात्र रोक लगाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले ईभी

ड्राइभरलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन प्रदेश सरकारसँग माग गरेका छन्।

ज्ञापनपत्रमा ईभी सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गरी चालकहरूको रोजगारी र लगानीको संरक्षण गर्न समेत आग्रह गरिएको छ। ज्ञापनपत्र चेमेन्द्र भट्टसहितका ईभी चालकहरूको तर्फबाट बुझाउने तयारी छ । थप अन्य चालकहरुलाइ समेत  कार्यक्रममा सहभागी गराउन जनशक्ति जुटाइरहेका छन् । आफ्ना मागहरुलाइ तुरुन्तै सरकारले सम्बोधन गर्नुपर्ने र यथाशीघ्र कार्यान्वयन नगरे बिरोधमा उत्रिने जनाइएको छ।

कमेन्ट लोड गर्नुस