सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि

२०८३ असार ११, ०५:५७ रासस

 चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदको फारम वितरण तथा दर्ता आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म हुनेछ।

आयोगकका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशित गर्ने जानकारी दिए। यसैगरी, ७ः३० बजेदेखि साँझ ८ः०० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध, साँझ ८ः१५ बजेसम्म पदाधिकारीविरुद्ध परेको दाबी विरोधविरुद्ध जाँचबुझ गरिने र उम्मेदवारले नाम फिर्ता लिने समय साँझ ८ः३० बजेसम्म तोकिएको छ। 

पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८ः४५ बजे, मौन अवधि राति ८ः४५ बजेदेखि राति ९ः१५ बजेसम्म, मतदान राति ९ः१५ देखि राति १२ः१५ बजेसम्म हुनेछ। 

यस्तै, मतगणना राति १२ः१५ बजेदेखि १ः१५ बजेसम्म गरिनेछ भने राति १ः३० बजे मतपरिणाम घोषणा गरिने तालिकामा उल्लेख छ।

रास्वपाको गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ।
 

कमेन्ट लोड गर्नुस