सुदूर नेपाललाई विश्वसँग जोड्दै

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ श्रेष्ठ

२०८३ असार २०, ०६:२४ खबर संवाददाता

काठमाडौँः सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ। 

कोष सञ्चालक परिषद्को अध्यक्ष रहेका मन्त्री खडकराज पौडेल (गनेस)को यही असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार लेखक श्रेष्ठलाई सदस्य सचिव पदमा नियुक्त गरिएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। 

सदस्य सचिव श्रेष्ठले पदबहालीसमेत गरेका छन्। पदबहालीपछि उनले पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण, कोषका सबै काम कारबाहीमा पारदर्शिता र पशुपति क्षेत्रका धर्म, संस्कृति एवं परम्पराको संरक्षणमा काम गरिने बताए।

कमेन्ट लोड गर्नुस