आज सुनको मूल्य घट्यो
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ कायम भएको छ।
हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५८५ प्रतितोला कायम भएको थियो।