सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी र खाणसहित १५ दोषी ठहर

२०८३ असार २४, १०:०५ खबर संवाददाता

काठमाडौंः नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १५ जना दोषी ठहर भएका छन्।

मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो। कसुर र भूमिकाका आधारमा उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ।

अदालतले रायमाझी, खाण र पाण्डेसहित गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो।

अदालतले यो प्रकरणलाई राज्यविरुद्धको कसुर भन्दै नेपाली नागरिकको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपालको अन्तर्राष्ट्रिय छविमा खलल पु¥याएको टिप्पणी गरेको छ। मुद्दाका प्रतिवादी सन्दीप रायमाझीसहित सात जनाले सफाइ पाएका छन् । प्रतिवादीहरू सन्दीपसहित रामशरण केसी, टंककुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीविरुद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाइ दिएको हो।

कमेन्ट लोड गर्नुस