सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १६ वर्षीया किशोरीमाथि करणी, एक युवक पक्राउ

२०८३ असार २६, ०७:१३ खबर संवाददाता

धनगढीः कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका छन्। बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको जनाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस