सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको पहिलो पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन सेवा

२०८३ असार ३१, ०२:५१ खबर संवाददाता

धनगढीः आफ्ना स्वर्गीय बुवा शिवदत्त कलौनीको पहिलो पुण्यतिथिको अवसरमा ऋतु ओझाले मानव सेवा आश्रम धनगढीमा रहेका अपाङ्ग, असहाय तथा बेसहारा व्यक्तिहरूलाई भोजन गराएकी छन्।

धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई खिर, खाना र तरकारी खुवाएर स्वर्गीय बुवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।

स्वर्गीय शिवदत्त कलौनीको जन्म २०१२ सालमा भएको थियो भने २०८२ साल असार १२ गते उनको निधन भएको थियो। उनको पहिलो पुण्यतिथिको अवसरमा गरिएको भोजन सेवामार्फत समाजसेवाको सन्देश दिन खोजिएको ऋतु ओझाले बताइन्।

उनले भनिन्, 'बुवाको सम्झनालाई केवल परिवारभित्र सीमित नराखी मानव सेवासँग जोड्ने उद्देश्यले आश्रममा रहेका अपाङ्ग, असहाय र बेसहारा दाजुभाइ–दिदीबहिनीहरूलाई भोजन गराएका हौँ। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने विश्वासका साथ यो सानो प्रयास गरेका छौँ।'

कार्यक्रममा आश्रममा रहेका व्यक्तिहरूलाई सम्मानपूर्वक भोजन गराउनुका साथै स्वर्गीय शिवदत्त कलौनीको आत्माले उत्तमगति पाओस् भन्ने कामना गरिएको थियो।

कमेन्ट लोड गर्नुस