कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडौँः कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।
कोरियाले ईपिएसअन्तर्गत यो पटक ७ हजार २ सय कोटाका लागि आवेदन माग गरेको छ।
एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको आवेदन माग गरिएको छ। सोही आधारमा ईपिएस कोरिया शाखाले भाषा परीक्षाको तयारी गरेको हो।
आवेदन अनलाइनमार्फत आगामी जुलाई २७ देखि अगस्ट २ सम्म दिन सकिनेछ। सूचना अनुसार आवेदन दिन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ।