धनगढीबाट डडेल्धुराका ४५ वर्षीय पुरुष सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको अपिल
धनगढीः धनगढी उपमहानगरपालिका–१५ फूलबारीबाट डडेल्धुराका एक पुरुष सम्पर्कविहीन भएका छन्।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ घर भएका ४५ वर्षीय देवबहादुर देउवा गत असार ९ गतेदेखि सम्पर्कविहीन भएको उनकी छोरी ललिता देउवाले बताइन्।
छोरीका अनुसार देउवा धनगढी–१५ फूलबारी क्षेत्रबाट हराएपछि हालसम्म उनको अवस्था खुल्न सकेको छैन। आफन्तले विभिन्न स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन्।
देवबहादुर देउवालाई कतै देखे वा भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा ९८४४६६५०६३ अथवा ९८४८३६६१७५ नम्बरमा सम्पर्क गरी परिवारलाई सहयोग गरिदिन अनुरोध गरिएको छ।