सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिविको वार्षिक दिवसमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन, पाँच युवा पक्राउ

२०८३ साउन ७, १२:२१ खबर संवाददाता

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहका क्रममा शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गरिएको छ।

समारोहस्थल बाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शिक्षामन्त्री पोख्रेल कार्यक्रमका लागि पुगेका बेला युवाहरूले नाराबाजी गर्दै विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए। उनीहरूले यी मागसहितका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।

कमेन्ट लोड गर्नुस