सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली

२०८३ साउन ७, ०४:५० रासस

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाट नै भएको बताएका छन्।

एमालेको ‘राजधानी प्रदेश कमिटी’ ले ४८औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व’ विषयक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा नयाँ र पुराना दलका नाममा गरिने बहसले घरघरमा विवाद र विभाजन ल्याउने बताए।

राजनीतिक दलहरूले समयानुकूल परिवर्तन हुने चेत बोक्ने भएकाले कठिन परिस्थितिमा पनि निरन्तर लड्न र उठ्न सक्ने अध्यक्ष ओलीको दाबी छ।
 नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले विगतमा जनताले जिम्मेवारी दिँदा पनि आफूहरूले सोचे जसरी काम गर्न नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताए। उनले अहिलेको अवस्थामा देशभक्त शक्ति, कम्युनिष्ट र वामपन्थीहरूबीच एकता र सहकार्य गर्न सकमा पुष्पलालप्रति साँचो श्रद्धाञ्जली हुने बताए।
       
नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अभिवक्ता राधेश्याम अधिकारीले लोकतन्त्र र संविधानमाथि आउन सक्ने कुनै पनि चुनौतीको राजनीतिक दलहरू मिलेर सामना गर्नुको विकल्प नभएको बताए। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले विगतका कमजोरी र प्राप्तिको समीक्षा गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरू नै अग्रमोर्चामा आउनुपर्ने बताए।

कमेन्ट लोड गर्नुस