राधिका दासीको जाहेरीपछि वेदिका केसी पक्राउ
काठमाडौं: कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट भ्रम फैल्याएको भन्दै राधिकाले दिइएको उजुरीका आधारमा वेदिकालाई पक्राउ गरिएको हो ।
साइबर ब्युरोको टोलीलेले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको प्रवक्ता एवम् एसपी दिलीप कुमार गिरिले बताए ।
उनले भने, ‘वेदिकालाई अर्की महिलाको उजुरीका आधारमा पक्राउ गरेका छौँ । गाली बेइज्जती तथा अफवाह फैल्याएको भन्दै उजुरी आएपछि अनुसन्धानका लागि हिरासतमा राखेका छौँ ।’
वेदिकाले खासगरी हिन्दु र सनातन धर्ममा रहेको विकृतिको भण्डाफोर गरिरहेको दाबी गर्थिन् । त्यस्तै उनले कथित धामी र माताहरूविरुद्ध पनि बोल्दै आएकी थिइन् ।