सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिडीबाट लडेर गम्भीर घाइते वृद्धाको नेपाल प्रहरीद्वारा सुरक्षित उद्धार

२०८३ साउन ८, १२:३८ खबर संवाददाता

दार्चुला: दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ निवासी ७५ वर्षीया देवकी भट्ट आज बिहान ७:५५ बजे सिडीबाट लडेर गम्भीर घाइते भएकी छन्।

घटनापछि उनलाई तत्काल प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो। चिकित्सकले थप उपचार आवश्यक रहेको भन्दै धनगढी रेफर गरेपछि नेपाल प्रहरीले उद्धार तथा समन्वयलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाई उनलाई सुरक्षित रूपमा धनगढी पठाउने व्यवस्था गरेको छ।
 

कमेन्ट लोड गर्नुस