प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
काठमाडौँः प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुगेका छन्।
धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गरे।
कृषिमन्त्री चौधरीले किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मललगायत प्रयोग बढाउन आग्रह गरे उनको निजी सचिवालयले जनाएको छ।
रासायनिक मलमाथिको निर्भरता पनि घटाएर दीर्घकालीनरुपमा माटोको सुधार गर्न सकिने मन्त्री चौधरीको भनाइ छ। धनुवाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको मन्त्री चौधरीले निरीक्षण गर्नुभएको हो।
यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपूरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि र चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरेका छन्।