खोलामा नुहाउने क्रममा डुबेर घोडाघोडीका एक बालकको मृत्यु
धनगढीः खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतवार दिउँसो १ बजेतिर दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर घाइते भएका बालकको ज्यान गएको हो। उनी साथीहरू १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया अनुस्का बोहरासँग खोलामा नुहाउन गएका थिए।
टेकेन्द्र डुबेपछि साथीहरूले नै घरमा पुगेर उनकी आमा पुष्पालाई खबर गरेका थिए। आमाले डुबेका छोरालाई खोलाबाट निकालेर उपचारका लागि घोडाघोडी अस्पताल पु¥याए पनि दिउँसो २ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।