कैलालीको भजनीबाट ३ लाख ४ हजार बराबरको भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः कैलालीको भजनी नगरपालिकामा अवैध रूपमा भन्सार छली ल्याइएका कपडा सिलाउने मेसिनका सामान तथा धागो प्रहरीले बरामद गरेको छ।
सोमवार बिहान करिब ५ बजेको समयमा इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी सहायक हवल्दार केशव साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले भजनी नगरपालिका ५ स्थित गुलरिया घाट नजिकैको जंगलमा बेवारिसे अवस्थामा फेला पारिएका ३ लाख ४ हजार रुपैयाँ बराबरको उक्त सामान नियन्त्रणमा लिएको हो।
भन्सार छलीको कपडा सिलाउन प्रयोग हुने धागो, फास्टिङ टेप, निडल प्लेट, ड्रेस हुक, पिटम्यान सेट, निडल होल्डर, ट्रेडल स्क्रु, सिलाई मेसिन मोटर, ट्राउजर हुक, धागो काट्ने कैँची र बटनहरू बरामद गरिए आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भजनी, कैलालीमा राखिएको छ।