कालाजारका विरामी देखिन थाले (भिडियो सहित)
गर्मी वढेसँगै कालाजारका विरामी देखिन थालेका छन । गर्मीको समयमा भुसुनाको टोकाईवाट लाग्ने कालाजारका विरामीहरु देखिन थालेका हुन् । यसपालीको गर्मीको सुरुवात भएसँगै यसका विरामी देखिन थालेका हुन् । डडेल्धुराको अजयमेरुगाउँपालिका ४ का ४३ वर्षीय वीरवहादुर साउँदको रगत जाँच गर्दा कालाजार देखिएको हो । धनगढीमा रहेको नेशनल प्याथ ल्यावमा रगतको नमुना परिक्षण गर्दा यसपालीको गर्मीमा पहिलो विरामी देखिएको नेशनल प्याथ ल्याव धनगढीका प्रवन्धक हरिश धामीले वताए ।
चिकित्सका अनुसार एक किसिमको भुसुनाको टोकाईवाट कालाजार रोग लाग्ने गरेको छ । यो रोग लागेका फियो सुन्निदै जाने, रक्त अल्पता नाश भए शरिरमा रगतको मात्रा कम हुदै जाने, निमोनिया जस्ता लक्षण देखापर्ने, लामो समयसम्म उच्च ज्वरो आउने र शरिरका छाला कालो हुदै जाने लक्षण देखापर्ने गरेका छन । घर आँगन सफा राख्ने, सुत्दा झुल टाँगेर सुत्ने गरे यसको टोकाईवाट वँच्न सकेमा कालाजारवाट जोगिन सकिने स्वास्थ्यकर्मीहरुको भनाई छ ।