कञ्चनपुरबाट ३ लाख १८ हजारको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ३ लाख १८ हजारको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको विभिन्न स्थानहरु भीमदत्त नगरपालिका–११ चौकिसत्ता, दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोल, दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज, पुनर्वास नगरपालिका–४ लोहनिचोक र पुनर्वास नगरपालिका–६ बुद्धचोकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३ लाख १८ हजार २८० बराबरको सामान बरामद गरेको छ।
भन्सार छलीको पेय पदार्थ, युरिया मल, साडी, पर्दा, प्याज, आलु, आँप, वल्व, पटका, साबुन, सरप, मोटरसाइकल थान–१ लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।