जापानमा शक्तिशाली भूकम्पमा परेर १३ जनाको मृत्यु
टोकियो: जापानको दक्षिणी कुमामोतो प्रान्तमा आएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले जापानको सार्वजनिक प्रसारक एनएचकेलाई उद्धृत गर्दै मृतकको संख्या पुष्टि गरेकी हुन्।
प्रधानमन्त्री ताकाइचीका अनुसार हालसम्म पुष्टि भएका मृतकमध्ये केहीको मृत्यु प्रत्यक्ष रूपमा भूकम्प वा त्यसपछि आएका परकम्पसँग सम्बन्धित हो वा होइन भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ । बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिन्।
उनले भनिन्, ‘मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’। उद्धार कार्य अझै जारी रहेको उल्लेख गर्दै धेरै मानिसहरू अझै पनि सहयोगको प्रतीक्षामा रहेको र प्रत्येक सेकेन्ड अत्यन्त महत्वपूर्ण भएको ताकाइचीले बताइन्।