सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

२०८३ साउन १३, १२:५९ खबर संवाददाता

बाँकेः बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजेतिर काम गर्ने क्रममा उनीहरू फसेका थिए।

घटनापछि प्रहरीको टोलीले जेसिबिको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालेको थियो। उनीहरूलाई मृत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। शवहरू पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

प्रहरीले घटनाको कारण खुलाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस