रास्वपाका ६ केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता र कृषिमन्त्री गीता चौधरीलाई केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ गराएका हुन्।
तीन मन्त्रीसँगै सांसद यज्ञमणि न्यौपाने तथा नेताहरू प्रमोद न्यौपाने र विनिता कठायतले पनि केन्द्रीय सदस्यको शपथ लिएका छन्। उनीहरू चितवनमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए पनि त्यसबेला शपथ ग्रहण गर्न छुटेका थिए।
कृषिमन्त्री गीता चौधरीले आफूहरूसहित केही निर्वाचित केन्द्रीय सदस्य शपथबाट छुटेकाले बुधबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि शपथ ग्रहणको व्यवस्था गरिएको जानकारी दिइन्।