सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी टी-२० वरियतामा अलराउन्डर तर्फ तेस्रो स्थानमा दीपेन्द्र

२०८३ साउन १५, ११:३० खबर संवाददाता

धनगढी: आईसीसीको नवीनतम टी-२० अन्तर्राष्ट्रिय वरियतामा नेपालका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले एक स्थान सुधार गर्दै अलराउन्डरतर्फ विश्व वरियताको तेस्रो स्थानमा उक्लिएका छन्। उनले २५६ रेटिङ अंकसहित करिअरको अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन्।

अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर रजा यथावत् छन् भने पाकिस्तानका साइम अयुब दोस्रो स्थानमा रहेका छन्। वेस्टइन्डिजका रोस्टन चेज चौथो तथा भारतका हार्दिक पाण्ड्या पाँचौं स्थानमा छन्।

यता, भारतका युवा ब्याटर वैभव सूर्यवंशीले टी-२० ब्याटिङ वरियतामा ऐतिहासिक फड्को मारेका छन्। उनले एकैपटक २३० स्थान सुधार गर्दै ५३६ रेटिङ अंकसहित विश्व वरियताको ४८औँ स्थानमा पुगेका छन्। यससँगै उनी पहिलो पटक आईसीसी टी-२० ब्याटिङ वरियताको शीर्ष ५० मा प्रवेश गर्न सफल भएका छन्।

एकदिवसीय (वनडे) क्रिकेटतर्फ भने भारतका कप्तान शुभमन गिल विश्व नम्बर–१ ब्याट्सम्यान बनेका छन्। वनडे ब्याटिङ वरियताको शीर्ष चारभित्र भारतका तीन खेलाडी परेका छन्। विराट कोहली दोस्रो तथा रोहित शर्मा चौथो स्थानमा रहेका छन्।

कमेन्ट लोड गर्नुस