सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य वृद्धि

२०८३ साउन १५, ११:४५ खबर संवाददाता

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु एक हजार र चाँदी रु ५० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३६० कायम भएको छ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ३१० मा कारोबार भएको थियो। गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७० र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

कमेन्ट लोड गर्नुस